लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले मनायो २५ औं रजत जयन्ती
काठमाडौं । सूचना प्रविधि क्षेत्रको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले २५ औं रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडी सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेर फाउन्डेशनले प्राविधिक शिक्षाको दिर्घकालिन सोच बनाएको थियो ।
आईटीमा स्नातोकोत्तरसम्म अध्ययन हुने फाउन्डेशनबाट अहिलेसम्म १२ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन । फाउन्डेशनले स्थापना कालदेखि नै सवैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक एक जना किशोरीलाई प्रत्येक वर्ष निशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।
भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृत समेत गर्दै लगेको छ । रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशक देखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरे ।