नेपाल टेलिकमद्वारा तीजको लहर टिकटक च्यालेन्ज सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ ।नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत टेलिकमकै तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जनाएकाे छ ।
सो च्यालेन्ज भाद्र २४ देखि आगामी असोज ७ गते सम्ममा सहभागी हुन सकिने बताइएकाे छ ।
विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको र यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने कम्पनीले जनाएकाे छ ।
त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने बताइएकाे छ ।
नेपाली महिलाहरूको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीले जनाएकाे छ ।
यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा समेत रहेकाे छ ।