करोना पिडितका लागि आएको रकम बितरणमा परोहा नगरप्रमुख शेख वकिलले अनियमितता गरेकाे आरोप
![0e6b8118b8a28b0f5908a66a2a8eed84_11 0e6b8118b8a28b0f5908a66a2a8eed84_11](https://www.arthikpati.com/wp-content/uploads/2023/09/0e6b8118b8a28b0f5908a66a2a8eed84_11-1024x461-1920x864.jpeg)
प्रेमचन्द्र झा
राैतहट । नेपाल सरकारले करोना पिडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन । परोहा नगरपालिकाले २ बर्ष आगाडी करोना पिडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हाल सम्म सबै जनालाई वितरण नगरे पछि अनियमितता नै भएको दाबी गरेका छन ।
नेकपा माओ वादीका नेता तथा परोहा नपा वडा नम्बर ४ का वडा प्रत्यासि अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गकाे प्रभु वैक परोहा शाखा हुदा हुँदै पनि काखापाखा गर्ने मनलाग्दी गर्ने नियतले पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खाेजेको आरोप लगाएका छन ।
नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउदै स्थानिय युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवार सम्म सबै करोना पिडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनी समेत दिएका छन ।
नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थालाई करोना पिडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नु पर्दछ नियत भएको भए २ वर्ष देखि पकै रोकेर राख्दैन थिए नेता यादवले बताए ।
परोहा नगरपालिकालाई नेपाल सरकारले करोना पिडितलाई सहयोग गर्न ससर्त अनुदान शिर्षकमा ९० लाख रुपैया पठाएको र रकम फ्रिज नहाेस भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले वताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बांकी रहेको बताए ।
वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बिचमा परेका कारण पनि आफुले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्विकार गरेका छन ।