बिवाइडीले घोषणा गर्यो ‘स्पोट द डलफिन अन द रोड’ अभियान

काठमाडौं । बीवाईडीले ‘स्पोट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ । नेपालमा बीवाईडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले ‘डल्फिन अन द रोड’ क्याम्पेन घोषणा गरेको हो ।
क्याम्पेन सेप्टेम्बर ६ देखि ११ सम्म चल्नेछ । बीवाईडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो सो २०२३ मा लन्च हुँदै छ । अभियानअन्तर्गत सडकमा बीवाईडी डल्फिन भेटाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गर्नेले १ लाख जित्ने मौका पाउनेछन् ।
डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बीवाईडीको आधिकारिक पेज हेर्नुपर्नेछ । खिचिएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बीवाईडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ ।
क्याम्पेन ह्यासट्यागहरु #BYDDolphin #Dolphinontheroad प्रयोग गर्न र भिडियो पोष्ट भएको सुनिश्चित गर्न कम्पनीले आग्रह गरेको छ ।
भाग्यशाली तीन विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिनेछ कम्पनीले जनाएको छ । त्यसबाहेक प्रत्येक सहभागीले नाडा अटो सो को टिकट नि:शुल्क पाउनेछन् ।