वाई वाईको ब्रान्ड एम्बेसडर बने बलिउड अभिनेता आयुष्मान खुराना
![Wai Wai India Picture Wai Wai India Picture](https://www.arthikpati.com/wp-content/uploads/2023/09/Wai-Wai-India-Picture-1024x525-1080x554.jpg)
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी कर्प ग्लोबलको सिजी फुड्सले बलिउड अभिनेता आयुष्मान खुरानालाई वाई वाई चाउचाउको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। २५ वर्षदेखि स्वाद पारखीकालागि सिजी फुड्सको उत्पादन वाई वाई चाउचाउको स्वाद विश्वमा नै लाेकप्रिय रहेकाे छ ।
ब्रान्ड एम्बासडर बनेपछि बलिउडका चर्चित अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाई वाई चाउचाउजस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन्।
खुरानाले भने,‘वाईवाई जस्ताे युवा पुस्तामाझ चर्चित ब्राण्ड वाइ वाइसँग आबद्ध हुन पाउनु एकदमै खुशीको कुरा हो। वाईवाईले गर्ने उत्पादनहरूको विविधता नै यसकाे विशेषता हाे। वाईवाईको गजबको स्वादका कारण संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ। वाई वाई ब्रान्ड नेम नै काफी छ सिजीसँग जोडिनका लागि। म वाईवाईको नामले तानिएको हुँ ।’
यसैगरी, सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बलिउड अभिनेता खुरानासँग वाईवाईका लागि सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताए। उनले भने, “यो साझेदारी ब्रान्डकोलागि महत्वपूर्ण रहेकाे छ। बिक्रीमा वृद्धि गर्नकालागि मात्र नभएर वाईवाई प्रशंसकहरूसँग गहिरो सम्बन्ध स्थापना गर्न जरूरी रहेकाे छ। भारत हाम्रो लागि महत्त्वपूर्ण बजार हो र म वाईवाईलाई भारतमा गहिरो जरा गाडेर नेतृत्वको स्थितिमा पुर्याउन प्रतिबद्ध छु।”