श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको नेपाल भर्सेस इन्डियाबीचको म्याचमा नेपाली खेलाडीलाई हौसला दिँदै व्यवसायीहरु

काठमाडौं । पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भइरहेको नेपाल भर्सेस इन्डिया खेलमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छासहित केहि व्यवसायी रंगशालामा पुगेका छन् ।
श्रीलंका स्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा महासंघका पूर्व केन्द्रीय सदस्य रन्जीत आचार्य र विजय वैद्य सहित व्यवसायी सुनील मेहता लगायत अन्य नेपाली उद्योगीहरु पनि पुगेका छन् ।
नेपालको राष्ट्रिय झन्डा बोकेर नेपालको समर्थनमा उनीहरू यतिबेला हाैसला थपिरहेका छन्।