खड्ग जात्रामा वडाअध्यक्ष आशामान संगत बने ‘लाखे’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सम्पदा विभाग संयोजक तथा वडा ८ का अध्यक्ष आशामान संगत लाखेका रूपमा प्रस्तुत भएका छन्
गाईजात्राका अवसरमा लगातार तीन दिनसम्म मनाईने गाईजात्रा, खड्ग जात्रा र रोपाइ जात्रामा अन्तरगत वडाअध्यक्ष आशामान संगत खड्क जात्रामा लाखेका रूपमा प्रस्तुत भएका हुन ।
वडाअध्यक्ष संगतले, ‘मेरो यो लगाव हो । वडाअध्यक्षले जात्रा पर्वको प्रमोट गर्नुपर्ने बताए ।’
उहाँले, आफ्नो इच्छाले नै यस पटक लाखेका रूपमा प्रस्तुत भएको र धर्म संस्कृतिको संरक्षणार्थ आफुहरू सधैं नै तत्पर रहेको बताउनुभयो ।
उनले, अघिल्लो वर्षहरूमा पनि आफु लाखेका रूपमा प्रस्तुत भईसकेको बताए । उक्त अबसरमा विभिन्न व्यक्तिहरू विभिन्न प्रस्तुत भएका थिए ।
विशेषगरि ग्वल क्षेत्रमा मनाइएको उक्त पर्वमा ९ थरिका कपडा, ९ थरिका गरगहनाहरू लगाउने गरिन्छ । नेवार समुदायमा विशेष रूपले गाईजात्रा पर्व मनाईने गरिन्छ ।