माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४% लाभांश दिने भएको छ । बैंकले १३.३०% बोनस सेयर र कर तिर्न ०.७०% नगद गरी कुल १४% लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।