स्विट्जरल्याण्डको आइसक्रिम ‘मुभएनपिक’ नेपाली बजारमा
काठमाडौं । स्विट्जरल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ नेपाली बजारमै उपलब्ध भएको छ । केएल दुगड समूहले आयात गरी यो आइसक्रिम बजारमा ल्याएको हो । काठमाडौंको ठमेलस्थित द कर्नरमा यसको पहिलो आउटलेट सञ्चालनमा आएको छ ।
दुगड समूहका अनुसार यो स्टोर बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहने छ । शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहने बताइएको छ । ‘कुनै कृत्रिम तत्व, स्वाद वा स्टेबिलाइजरविना यसले शुद्धताको वास्तविक सारलाई मूल रुप दिन्छ’ दुगड समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्विस मूलबाट आउदछ। प्रत्येक स्कूपले स्विट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउछ।