दशौं नेपाल भर्चुअल ‘एजु फेयर’ शुरु

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रालिले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल भर्चुअल ‘एजु फेयर’ शुरु गरेको छ । स्नातक तहका व्यवस्थापन आइटी इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरू सञ्चालन गरेका कलेजहरूले भर्चुअल एजु फेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् ।
स्नातक तहमा पढ्ने तयारी गरेका कक्षा १२ पास भएका विद्यार्थीहरूले कुन प्रोग्राम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् । साथै नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर सञ्चालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराए ।
उनका अनुसार विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौँ विद्यार्थीहरूले एजु फेयरको सहयोगबाट छात्रवृत्ति प्राप्त गर्न सकेका थिए ।