‘फुड एन्ड आर्ट’ फेस्टिभलमा खानाका परिकार प्रदर्शनी
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजका विद्यार्थीहरूले ‘फुड एन्ड आर्ट’ महोत्सव आयोजना गरेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका लुभुस्थित जिनियस आईबी वर्ल्ड स्कुलमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवको एमाले नेता एवं पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले संयुक्त रूपमा गरे ।
कार्यक्रममा नेपाली र विदेशी गरी खानाका १६ परिकार र विभिन्न डिजाइनका मोडलहरू प्रदर्शनी गरिएको थियो । महोत्सवको आयोजना कलेजका ब्याचलर अफ होटेल म्यानेजमेन्ट, ब्याचलर अफ हस्पिट्यालिटी एन्ड क्याटरिङ म्यानेजमेन्ट, ब्याचलर अफ बिजनेस एड्मिनीस्ट्रेशन, ब्याचर लफ इन्टेरियर डिजाइन र मास्टर्स अफ बिजनेस एड्मिनीस्ट्रेशनका ६ सयसहित होटेल व्यवस्थापन अध्ययनरत विभिन्न कलेजका गरी १ हजार विद्यार्थी सहभागी थिए ।
अध्ययनका क्रममा आफूहरूले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरू प्रदर्शनीमा राखिएको उक्त कलेजमा अध्ययनरत विद्यार्थी पविना श्रेष्ठले बताइन् ।
उनका अनुसार खानाका चार वटा स्टल र डिजाइनिङको दुई वटा स्टल राखिएको थियो । श्रेष्ठले महोत्सवबाट भविष्यमा आफैँले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि महोत्सवबाट व्यवहारिक ज्ञान आर्जन भएको बताइन् ।
२३ वर्षअघि सन् २००० मा स्थापित कान्तिपुर निजी क्षेत्रले सञ्चालन गरेको होटेल व्यवस्थापनसम्बन्धी नेपालकै पहिलो कलेज हो ।