हकप्रद प्रस्ताव गर्दै जोशी हाईड्रोपावरको वार्षिक साधारण सभा आह्वान
काठमाडौं । जोशी हाईड्रोपावर कम्पनीले आठौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ८ गते शुक्रबार बसेको सञ्चालक समितिको बठैकले वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीको उक्त वार्षिक साधारण सभा भदौ ३१ गते आइतबार बिहान ११ लिसारा ब्यङ्केट हल नक्साल काठमाडौमा बस्ने बोलाएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव सभामा पेशगर्ने भएको छ ।
कम्पनीको वार्षिक साधारण सभा प्रयोजनको लागि भदौ १८ गते एक दिनको लागि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनीको उक्त वार्षिक साधारण सभामा सहभागि हुन इच्छुक भदौ १७ गतेसम्म शेयरधनी बनिसक्नु पर्नेछ ।