कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा, कति पर्छ ?
काठमाडौं । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीज उत्पादन गर्ने ब्राण्ड कोर्नले आफ्नो पछिल्लो उत्पादनको रुपमा कोर्नले CW8 MAX स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । एप्पल वाच अल्ट्राको डिजाईन बाट उत्प्रेरित CW8 MAX को युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ ।
आईफोन र एण्डरोईड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाईन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्टमा सम्झाैता नगरिएकाे कम्पनीले जनाएकाे छ । मेटल बडि भएको यो स्मार्ट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्लेको प्रयोग गरिएको छ । रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड प्रेसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु प्रदान गरिएको छ भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत व्यवस्था गरेकाे छ ।
उच्च गुणस्तरीय ग्लास प्रयोग गरिएको यो स्मार्टवाच स्क्र्याच प्रुफ रहेको छ आईपी सिक्सटी सेभेन वाटर रेसिस्टेन्स रहेको छ । ब्लुटुथ कलिङ्गका साथमा एसएमएस अलर्ट, मिस्ड कल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोल जस्ता विशेषताहरुले यसलाई स्माट वाच मात्र नभई एक उत्कृष्ठ र इन्डिपेन्डेन्ट ग्याजेटको रुपमा प्रयोग गर्न सकिने देखिन्छ ।
यो स्मार्ट वाचमा ३०० मिलिएम्पियरको ब्याट्री प्रयोग गरिएको छ जसले एक पटकको चार्जिङ्गमा १५ दिनको ब्याकअप प्रदान गर्छ भने वायरलेस चाजिङ्ग तथा एनएफसी समेत भएको यो स्मार्टवाचमा ब्लुटुथ ५.० को प्रयोग गरिएको छ। यसरी पछिल्ला पुस्ताका विशेषताहरु समावेश गरिएको यो स्मार्टवाचको प्रवेश सँगै नेपाली बजारमा कोर्नको ब्राण्ड भ्यालु थप बृद्धि हुनेमा निश्चिन्त रहेको कोर्नका आयातकर्ता केमियो इन्टरनेशनल प्रा. लि. का अध्यक्ष उपेन्द्र साहले आयोजित कार्यक्रममा बताए। यो स्मार्ट वाचको अधिकतम खुद्रा विक्री मूल्य रुपैंया सात हजार ५०० रूपैयाँ तोकिएको छ भने यसमा एक बर्षको वारेन्टी प्रदान गरिएको छ ।
कोर्नले CW8 MAX स्मार्टवाच अगष्ट २९ मा अनलाईन सेल्स पोर्टल दराज डट कम मार्फत सार्वजनिक गरिनेछ। कोर्नको आधिकारीक विक्रेता केमियो र दराज विच नेपाली बजारमा स्मार्टवाच तथा मोबाईल एक्सेसोरीज विक्री वितरणका लागि लामो समयदेखि सहकार्य हुँदै आएको मा यस पटक CW8 MAX स्मार्टवाचलाई विशेष अफरहरु सहित बजारमा ल्याउने भएको हो । एक्स्कुलसिभ लन्चमा सहभागीमध्ये पहिला २० ग्राहकले जम्मा चार हजार ९९९ रुपैंयामा CW8 MAX स्मार्टवाच प्राप्त गर्नेछन् भने थप ८० ग्राहकहरुले पाँच हजार ९९९ रूपैयाँमा CW8 MAX स्मार्टवाच किन्न सक्नेछन् । दराजमा CW8 MAX स्मार्टवाच सात हजार ४९९ रुपैंयामा उपलब्ध हुनेछ । यसमा दराजमा विभिन्न अवसर तथा अफरहरुमा प्राप्त हुने भौचर तथा पेमेन्ट डिस्काउन्टहरु समेत प्रयोग गरि थप छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।