गाई काटेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । शनिवार बेलुकी प्रहरीले तीन जनालाई गाई काटेको आरोपमा पक्राउ गरेको थियाे।
प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका-६ कमलबोटका २९ वर्षीय रमेश नेपाली र अन्य २ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
रमेशले घरमा पालेको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचना पाएपछि प्रहरी उक्त स्थानमा पुगेको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरीले चार जनालाई गाई काटिरहेकै अवस्थामा फेला पारेकाे हाे।