बरुण हाईड्रोपावरलाई हकप्रद निष्काशनको स्वीकृती
काठमाडौं । विद्युत नियमन आयोगले बरुण हाईड्रोपावर कम्पनी लाई १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति दिएको छ । आयोगको भदौ ८ गते शुक्रबार बसेको बैठकले हकप्रद निष्काशन गर्ने स्वीकृति दिएको हो ।
बरुणको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। यसै चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर बिक्री गर्न अनुमती पाएको हो ।
कम्पनीले उक्त हकप्रद शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद जारी गर्नेछ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।