भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगायाे
काठमाडौं । भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले एक सूचना जारी गर्दै यस्ताे जानकारी दिएको हो ।
१२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएकाे हाे। यो प्रतिबन्ध अस्थायी रूपमा लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यसअघि भारतले उसिना चामलकाे निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको थियाे। भारत सरकारले शुक्रबारबाट लागू हुने गरी साे निर्णय गरेकाे हाे । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भारतले यो निर्णय गरेपछि नेपालमा पनि उसिना चामलकाे भाउ बढ्ने भएकाे छ ।