ङादी ग्रुप पावरलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति
काठमाडौं । ङादी ग्रुप पावरलाई १००% हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
ङादीको हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ ।
आयोगले सोही पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई स्वीकृति दिएको हो । यसअघि कम्पनीको साउन १४ गते बसेको विशेष साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो ।
ङादीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।