‘मेरा लागि मर्ने केटो मनै परेन’ तीज गित सार्वजनिक, युट्युवको शिर्ष १२ औँ नम्बरमा (भिडियो)

काठमाडौं । गायक भागिरथ चलाउने र गायिका रेखा जोशीको स्वरमा रहेको ‘‘मेरा लागि मर्ने केटो मनै परेन’ तीज गीत युट्युवको शिर्ष १२ नम्बरमा प्रवेश गरेको छ । करिव एक साता अघि गायक चलाउनेकै युट्युवबाट सार्वजनिक भएको गीत छैटौ दिनमा युट्युवको शिर्ष १२ नम्बरमा प्रवेश गरेको हो ।
बुधबार साँझसम्म उक्त गीत युट्युवमा चार लाख ३५ हजार भन्दा बढीले हेरिसकेका छन् । गायक चलाउने र गायिका जोशीले संयुक्त रुपमा तीज गीतमा पहिलो पटक स्वर दिएका हुन् ।
मौलिक सँस्कृति झल्किने गरि तयार पारिएको यस गीतले नारीको महान चाँड तिजलाई थप हौसलाका साथ मनाउने वातावरण सृजना गर्ने गायक चलाउनेले बताए । उनका अनुसार गीतमा तिजलाई मुख्य श्रोत मानेर माया प्रेमका शब्द बुनेर तयार पारिएको छ ।