ग्रामीण विकास लघुवित्तको बढ्यो नाफा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्रामीण विकास लघुवित्तले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १७.२२% ले धेरै हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।
यो त्रैमाससम्म आइपुग्दा यसको खुद ब्याज आम्दानी २.०५% ले घटेर १ अर्ब २३ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसले १ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा पनि ४३.४८% ले घटेर १० करोड ३६ लाख रुपैयाँमा झरेको छ ।
अघिल्लो वर्ष यसले १८ करोड ३८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा (वाषिक) रहेको यसको प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ८८ पैसा छ ।