चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण : भारतले रच्यो इतिहास
भारतले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको छ । यससँगै दक्षिणी ध्रुवमा सफलतापूर्वक यान पुर्याउने भारत पहिलो मुलुक भएको छ । केही दिन अघि रुसले त्यहाँ पठाउने प्रयास गरे पनि सफल भएको थिएन । भारतले नेपाली समय अनुसार आज बुधबार साँझ ६ः१९ बजे यानले चन्द्रमामा ल्यान्ड गरेको हो ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले ४० दिनअघि यस यानलाई प्रक्षेपण गरेको थियो । यस अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बनेको छ ।
यता, भारतले सफलतापूर्वक यान अवतरण गराउने प्रयास गर्दै गर्दा बुधबार प्रविधि क्षेत्रको सेयरमा उछाल आएको यियो ।