इ–आर्टस् नेपालले भदौ ७ देखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी गर्दै

काठमाडौं । नेपाली कलाको विकासमा निरन्तर योगदान दिँदै आइरहेको इ–आर्टस् नेपालले भदौ ७ गतेदेखि १३ गतेसम्म नेपाल आर्ट काउन्सिलमा कला प्रदर्शनी गर्न गइरहेको छ ।
‘हिमालयन आर्ट फेस्टिभल’ ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौं नेपालमा २०८० भदाैकाे ६ गते बुधबार, विहान ११ बजे हुन लागेकाे हाे ।
यस प्रदर्शनीमा करिब ८० कलाकारहरुको सिर्जनालाई प्रदर्शनी गरिने छ । यसकासाथै, ‘टु डी’ र ‘थ्री’ डी डाइमेनसनका नेपाली कलाकाहरुको कला यस प्रदर्शनीमा गरिने बताइएकाे छ ।