विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदित भएका छन्। साेमबार बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले श्रेष्ठलाई अनुमोदन गरेको हो ।
संसदीय सुनुवाइपछि श्रेष्ठलाई समितिले प्रधानन्यायाधीशका रूपमा स्विकृत गरेकाे हाे । श्रेष्ठले संसदीय सुनुवाइ समिति समक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजना बताएका थिए । यसकासाथै, उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पन्ने योजना प्रस्तुत गरेका थिए ।
श्रेष्ठ २०७३ काे साउन १७ गते, सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनले सरकारी सेवामै लामो समय रहेर सर्वोच्च अदालतमा पुगेका हुन् । श्रेष्ठले मानवशास्त्रमा स्नातकोत्तर र कानुनमा डिप्लोमा गरेका छन् । उनी सन् १९५९ अक्टोबर ६ तारिखमा डोटीको सिलगढीमा जन्मिएका थिए ।