अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएकाे छ ।
उक्त शेयर रजिष्ट्रार सेवा अन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्न सकिन्छ ।
यसैगरी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने तथा कारोबार भएको शेयरहरुको अभिलेख राख्ने पनि शेयर रजिष्ट्रार सेवामार्फत गर्न सकिनेछ ।
यति मात्र नभइ यस सेवाबाट दाखिल खारेज गर्ने, शेयरधनी लगत अद्दावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु २०८० साल भदाै ३ गते आइतबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाण्डौ मार्फत हुनेछ ।