सुनको भाउ स्थिर, चाँदी भने महंगियाे
काठमाडौं । भदौको पहिलो दिन, सुनको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी भने महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । यसैगरी, भदौ १ गते तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ कायम रहेको छ ।
बिहीबार भने सुनको भाउ गिरावट भएको थियो । हिजो सुन तोलामा ८०० रुपैयाँले सस्तिएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
अघिल्लो कारोबार दिन, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।