खराब कर्जा वृद्धि भएपछि एनएमबि लघुवित्त नोक्सानमा
काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा एनएमबि लघुवित्तले २ करोड २४ लाख रुपैयाँ नोक्सान व्याहोरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भने यसले ११ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी २३.०६% ले घटेर ३४ करोड ७३ लाख रुपैयाँमा आएको छ ।
यता, एनएमबिको खराब कर्जा ३.१८% बाट बढेर ९.५४% पुगेकोे छ । इम्पेयरमेन्ट चार्ज ६ करोड ३८ लाख पुगेको छ ।
जसका कारण कम्पनीले नोक्सान व्यहोरेको देखिन्छ । असार मसान्तसम्म आइपुग्दा यो लघुवित्त प्रतिसेयर ३ रुपैयाँ ११ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १८ पैसा छ ।