सिद्धार्थ क्यापिटलका २ म्युचुअल फन्ड योजनाको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले मात्र प्रतिफल पाउने भएका छन् ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का इकाईधनीहरुलाई करसहित ६.५% नगद लाभांश वितरण गर्ने क्यापिटलले निर्णय गरेको छ । यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ ।
इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो ।