सोल्टी होटलको नाफामा आकर्षक प्रगति, रिजर्भ र इपीएस पनि बढ्यो
काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८३.४०% ले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो होटलले २९ करोड ७२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । असार मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६४.२७% ले धेरै हो । अघिल्लो वर्ष होटलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ । यता, आम्दानी बढेसँगै सोल्टीले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ३३ करोड ३७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ८८ करोड ६७ लाख रुपैयाँ मात्र रहेको थियो । सोल्टी होटलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा रहेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५२ पैसा रहेको थियो ।