राष्ट्रिय बिमा कम्पनीको खुद नाफा ६३.१६ प्रतिशतले बढ्यो
काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको खुद नाफा ६३.१६% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ७७ करोड २५ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यसले ४७ करोड ३४ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन ७.७४% ले बढेर ३७ करोड २१ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
यता, लगानी, कर्जा तथा अन्य आम्दानी १३०% ले बढेर ७५ करोड २७ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको छ । बिमा कोषको आकार १४.४८% ले बढेर ३ अर्ब ५ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी २८९ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १ हजार ५१४ रुपैयाँ ४७ पैसा छ ।