विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक विक्रमजंग शाहको नयाँ गीत ‘गलफ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ ।
गीतमा गायक विक्रम जङ्ग शाह र गायिका टीका पुनको स्वर रहेको छ ।
गीतमा यज्ञ विकको लय र शब्द रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
उद्धार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।
गीतको भिडियोमा चर्चित नायक पल शाह, विजय पुन, विष्णु पुन र यानी पुनको अभिनय रहेको छ ।
गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका, उपशंका र असमझदारीका कारण साथ छोडेपछिको स्वतन्त्रता दर्साइएको छ ।
टिपिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरू चर्चित छन् ।