मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा करिब १४ लाखको आवेदन, ६.८० गुणा बढी शेयर माग
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०६ बजेसम्ममा १३ लाख ९५ हजार ७० आवेदकबाट १ अर्ब ५४ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९३ हजार ४३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ६.८० गुणा बढी हुन आउँछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख २७ हजार ६६२ जनाले मात्रै शेयर पाउनेछन् ।
कम्पनीले प्रबर्द्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।