सिईडिबि हाइड्रोपावरको नाफा सामान्य बढ्यो
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको सेवा, ब्याज तथा कमिशन आम्दानी घटेपनि खर्च घटेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा कमिशन आम्दानी ५.७३ प्रतिशत घटेर १६ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि कम्पनीको ब्याज खर्च ९५.३४ प्रतिशत घटेसँगै कुल खर्च १४.८४ प्रतिशत घटेपछि खुद नाफा सामान्य बढ्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५५ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.४ गुणा रहेको छ।
८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५० करोड ६३ लाख रुपैयाँ सञ्चित छ।