नेको इन्सुरेन्सको खुद नाफामा सामान्य सुधार
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा नेको इन्सुरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३% ले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३% ले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ । यद्दपि, पुनर्बिमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो ।
बिमा कोषको आकार भने २०.३४% ले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ ।