नेरुडे लघुवित्तको नाफा घट्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेरुडे लघुवित्तको खुद नाफा ७२.७७% ले घटेर ५ करोड ७८ लाख ९९ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड २६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ३१.१२% ले घटेर ४३ करोड ६२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यससले ६३ करोड ३४ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७२.१०% ले घटेर ८ करोड ६१ लाख १ हजार रुपैयाँमा आएको छ ।
एक वर्षमा खराब कर्जा ०.३१% ले बढेर ५.०५% पुगेको छ । असार मसान्तसम्म प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५३ पैसाले बढेर ७ रुपैयाँ ९१ पैसमा आएको छ । प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३५ पैसा छ ।