आरम्भ चौतारी लघुवित्त साढे २ करोड नोक्सानमा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आरम्भ चौतारी लघुवित्त २ करोड ५९ करोड ९२ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ५० लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २५.९६% ले घटेर २६ करोड ७० लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा पनि ४०.३७% ले घटेर ५ करोड ८७ लाख २३ हजार रुपैयाँमा आएको छ । खराब कर्जा ०.१३% ले बढेर ५.०७% मा आएको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा ऋणात्मक छ ।