रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर’ छात्रवृत्ति कार्यक्रम सम्पन्न
काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।
छात्रवृत्ति कार्यक्रममा कुल एक सय नौं जना विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको छ ।
यस कार्यक्रममा मकवानपुर जिल्ला बाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याएकी सुश्री डौफिन राइका मगरलाइ सम्मान स्वरूप नगद १० हजार एक रुपैंयाँ प्रदान गरिएको थियो । साथै यस कार्यक्रममा सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा अनुगमन निकाए अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ को समन्यवयमा स्थान उपलब्द गराई दिनुहुने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।
यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिकरुपमा पाँच हजार रुपैंयाँ, दोश्रो हुनेलाई तीन हजार पाँच सय रुपैंयाँ, तेश्रो हुनेलाई दुई हजार पाँच सय रुपैंयाँ साथै सान्त्वना स्वरुप थप आठ जना विद्यार्थीलाई मासिक रुपमा एक हजार पाँच सय रुपैंयाँ एक वर्षसम्म उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु चुनेने छन् । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा यही भाद्र १ गते शुक्रबार कम्पनीको आधिकारिक वेवसाईट तथा फेसबुक पेजमा प्रकाशित गरिनेछ ।