सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो
काठमाडौं । सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ लाख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९८.६७% ले घटेको हो । अघिल्लो वर्ष ३ करोड १ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी २०.०३% ले घटेर ९ करोड ३६ लाख ८३ हजार रुपैयाँमा आएको छ ।
सम्भावित जोखिमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । जसका कारण नाफा घटेको देखिन्छ । असार मसान्तसम्म यो लघुवित्त २ करोड ६१ लाख रुपैयाँ सञ्चालन नोक्सानमा व्यहोरेको छ ।
यसकोे प्रतितिसेयर आम्दानी ०.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५८ पैसा छ । यो लघुवित्त बीपीडब्लु लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।