बरुण हाइड्रोपावरको नाफामा आयो उछाल
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३६.९८% ले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २५ लाख ६३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको सञ्चालन नाफा ४ करोड ८४ लाख रुपैयाँबाट बढेर ६ करोड ९३ लाख रुपैयाँ भएको छ । यसको व्यवस्थापन खर्च २ करोड ९७ लाख रुपैयाँबाट घटेर १ करोड १९ लाख रुपैयाँमा झरेको छ । सञ्चालन नाफा बढ्दा र व्यवस्थापन खर्च घट्दा यसको नाफामा उछाल आएको हो ।
यता, कम्पनीको यो त्रैमासमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने घटेर ७ करोड ९७ लाख रुपैयाँमा झरेको छ । गत वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ९ करोड ३९ लाख रुपैयाँ रहेको थियो । हाल बरुणको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । रिटेन अर्नीङमा २ करोड ८ लाख रुपैयाँ जम्मा भएको छ ।
यस अवधिसम्म आइपुग्दा प्रतिसेयर आम्दानी बार्षिक २ रुपैयाँ ०९ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ०६ पैसा छ ।