सरकारले नेपाल राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत
![cabinet_prachanda_PkoMEor0hg cabinet_prachanda_PkoMEor0hg](https://www.arthikpati.com/wp-content/uploads/2023/08/cabinet_prachanda_PkoMEor0hg-1-1024x585.jpg)
काठमाडौं । नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको जानकारी दिएकी हुन् ।
उनले अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त स्वीकृत दिएको बताइन् ।