‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार गर्न सकिने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ सूचीकृत भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड नेप्सेमा सूचीकृत भएको हो ।
आज साउन २३ गते नेप्से र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम रहेको ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई नेप्सेमा सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणको लागि १० करोड इकाई धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकरण भएको नेप्सेले जनाएको छ ।
नेप्सेले कम्पनीको उक्त फण्डलाई दोस्रो बजार कारोबारको लागि (C30MF) कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा भोलि बुधबारदेखि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई कारोबार गर्न सकिनेछ ।