बचत तथा ऋण काराेबार गर्ने सहकारी ‘गोएमएल प्रणाली’ मा आवद्ध हुन विभागको निर्देशन

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी गोएमएल सिस्टम आवद्ध हुनुपर्ने भएको छ ।
सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ र सो अन्तरगत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि सघीय सहकारी विभागले गोएमएल सिस्टम आवद्ध भई रिपोर्टिङ गर्न बचत तथा ऋण कारोबार गर्ने सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी गरेको हो ।
सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशिका अनुसार १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले गोएमएल सिस्टममा आवद्ध हुनुपर्ने ब्यवस्था छ । तर पटक पटक गोएमएलमा आवद्ध हुन सहकारी इच्छुक नदेखाएकाले सहकारी विभागले उक्त निर्देशन जारी गरेको हो ।
विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई केन्द्रिय बैंकको वित्तीय जानकारी ईकाईमा रहेको गोएमएलको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिष्टर्ड भई वेब वा एक्सएमएल मार्फत सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदनका विवरणहरु प्रणालीमा प्रेषित गर्न निर्देशन दिएको हो ।