ललिता निवास प्रकरणमा कांग्रेस नेता गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाउँमा लैजाने प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर जोशी र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहरविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।
‘उहाँहरूविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो,’ ती अधिकारीले भने।