नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

काठमाडौं । नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ)को आज सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ । वि.सं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो ।
‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए ।
साढे २ किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । २.६ किमी लम्बाइ रहेको मुख्य सुरुङको ५०६ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।