निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको अनुरोध, ‘सुनुवाइमा ढिला हुँदा असर अर्थतन्त्रमा पर्छ’
काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल सरकारसमक्ष अनुरोध गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै उच्च ब्याजदर,न्युन माग,न्युन उत्पादन एवं रोजगारी कटौती,निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगन लगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको बताएको छ ।
‘विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराउन चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।
कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको भन्दै निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्न सरकारलाई अनुरोध गरेको छ ।