लक्ष्मी सनराइज बैंकको खुद नाफा २ अर्बभन्दा बढी
काठमाडौं । भर्खरै मात्र एकीकृत कारोबार सुरु गरेको लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा खुद नाफा ४९.४५% ले बढेर २ अर्ब २६ करोड १८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ५१ करोड ३४ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ४६.४५% ले बढेर ५ अर्ब ५० करोड ७१ लाख २५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५८.८९% ले बढेर ३ अर्ब ४२ करोड २७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
वितरणयोग्य नाफा पनि ६१.३२% बढेर १ अर्ब ९३ करोड ७१ लाख ३१ हजार रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइज बैंकको प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता ८.३८% छ । असार मसान्तसम्म प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५६ पैसाले बढेर १९ रुपैयाँ ४४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्क १७३ रुपैयाँ ५५ पैसा छ ।