सुदर्शनको `रावायण´ मा अनमोलको जोडी नीति

काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्माण र निर्देशन रहने फिल्म `रावायण’ मा नीति शाह भित्रिएकी छिन् । निर्माण टिमसंग कागजी सम्झौता गरेकी नितिले अब अनमोलसँग फिल्ममा स्क्रिन सेयर गर्ने छिन् ।
`एक्सन-लभ स्टोरी कथामा बन्न लागेको फिल्ममा पहिलो पटक अनमोल दोहोरो भूमिकामा देखिँदै छन् । `रावायण’को लेखन शिवं अधिकारीले गरिरहेका छन् ।आगामी भदौदेखि फिल्मको छायांकन सुरु गर्ने निर्माण टिमको योजना रहेको छ ।
उक्त फिल्ममा अनमोलको डबल रोल रहने जनाइएको छ । उनी पहिलो पटक फिल्ममा दोहोरो भूमिकामा देखिन लागेका हुन् ।