छात्रवृत्तिको लागि बार्बी चलचित्रको च्यारिटी शो
काठमाडौँ । एफएमएनडब्लू छात्रवृत्ति कार्यक्रमको लागी आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ डीएम फाउन्डेसन र एफएमएनडब्लू पूर्व मिस नेपाल )को सहकार्यमा क्यूएफएक्स सिनेमाजमा अंग्रेजी चलचित्र ‘बार्बी’ च्यारिटी शो आयोजना गरिएको छ ।
डीएम फाउन्डेसन र एफएमएनडब्लू (पूर्व मिस नेपाल) को सहकार्यमा कोभिड-१९ बाट आफ्ना आमाबाबु/अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक आर्थिक आवस्था हेरी फाउन्डेसनको कोष रकम अनुसार एसईईसम्मको शिक्षाको लागि आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्य राखे अनुरुप छात्रवृत्तिको प्रदान गर्दै आइरहेको छ । हाल सम्म १३ जना बालबालिकालाई छात्रवृत्तिको प्रदान गरिसकेको र सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ यस चलचित्रको च्यारिटी शो आयोजना गरिएको थियो ।
यस शोमा डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङ जस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीको प्रायोजन रहेको थियो ।