एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

काठमाडौँ । एनआईसी एशिया क्यापिटलद्धारा संचालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषण भएको छ । कम्पनी सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को लागि एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई मात्रै वितरण गर्ने गरी इकाईधनी किताब बन्द गरिएको कम्पनीले जनाएको छ ।