सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको खुद नाफा २५.१३% ले बढेर २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी ३९.५०% ले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब ६५ करोड १७ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन नाफा २७.९६% ले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा १५.३४% ले घटेर १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सानिमा बैंकको प्रतिसेयर लाभांश दिने क्षमता १७.७३% छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ ।