पहिलो लाइभ सोका लागि जावेद अली नेपालमा

काठमाडौं । चलचित्र ‘पुष्पा’काे “श्रीवल्ली”, ‘रकस्टार’ को ‘कौन फाया कौन’, ‘गजनी’ को ‘गुजारिश, ‘रांझना’ को ‘तुम तक’, ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन् ।
शुक्रबार प्रिभे नेपाल, द सोल्टी काठमाडौंमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौँ आइपुगेका हुन । उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो ।
लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । भोलि शुक्रबार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ ।
टिकट काट्नकोलागि यो लिङ्क क्लिक गर्न सकिनेछ ः