मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डाएगनोस्टिकसमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक र शुक्र हाउस अफ डाएगनोस्टिकस् एन्ड वेलनेस सेन्टरबीच छुट दिने सम्बन्धमा व्यवसायिक सम्झौता भएको छ।
सम्झौता भएसँगै अब मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले शुक्र हाउस अफ डाएगनोस्टिकस् एन्ड वेलनेस सेन्टरका विभिन्न सेवाहरूमा विशेष १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ लगायत सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।